२३ जेठ २०८३, शनिबार

अटेर कर्मचारीले हाजिर गर्न नपाउने

फागुन १२, २०७४
अटेर कर्मचारीले हाजिर गर्न नपाउने
सन्दर्भ तस्वीर

काठमाडौं, १२ फागुन–सरकारले स्थानीय तहमा खटाए पनि कार्यक्षेत्रमा नजाने कर्मचारीको हाजिर रोकेको छ । मुख्य सचिव लोकदर्शन रेग्मीले सबै मन्त्रालयका सचिवलाई बोलाएर कार्यक्षेत्रमा नगएकालाई हाजिर नगराउन निर्देशन दिएका हुन् ।

स्थानीय तहमा खटाइए पनि अधिकांश कर्मचारीले कार्यक्षेत्रमा जान अटेर गरेका छन् । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका निमित्त सचिव पुरुषोत्तम नेपालले त्यस्ता कर्मचारीको हाजिर ३ दिनदेखि रोकेको जानकारी दिए । 

उनका अनुसार निर्वाचन भएको ११ महिनासम्म देशभरका ७ सय ५३ स्थानीय तहमा वडा सचिवदेखि प्रमुखको अभाव छ । एउटै सचिवले ३–४ वडाको काम गर्नु परिरहेको छ । सरुवा भएका कर्मचारीलाई रमाना बुझेर चाँडो कार्यक्षेत्र पुग्न सामान्य प्रशासन मन्त्रालयले समेत निर्देशन दिएको छ, कान्तिपुरमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्