
काठमाडौं, १२ फागुन– कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा प्रतिस्पर्धामा उत्रने भएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई अघि सार्ने तयारी गरेको छ ।
महामन्त्री शशांक कोइरालाले सर्वसम्मत भएमात्रै आफू दलको नेता बन्ने तर चुनावी प्रतिस्पर्धामा नजाने बताएपछि सिंहलाई अघि सार्ने तयारी भएको पौडेल निकट एक केन्द्रीय सदस्यले बताए ।
प्रत्यक्षतर्फ २३ र समानुपातिकतर्फ ४० गरी कांग्रेसमा ६३ सांसद छन् । आफ्नो पक्षमा सुविधाजनक बहुमत देखिपछि देउवा दलको नेता बन्न आफैं अग्रसर भएका हुन्, कान्तिपुरमा खबर छ ।