२७ जेठ २०८३, बुधबार

मुख्यमन्त्री जब सरसफाइमा उत्रिए

फागुन १२, २०७४
मुख्यमन्त्री जब सरसफाइमा उत्रिए

सुर्खेत, १२ फागुन -  सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले आजबाट राजधानी केन्द्रित विशेष सरसफाइ अभियान सञ्चालन गरेको छ । 

प्रदेश नं ६ को राजधानीका रुपमा रहेको वीरेन्द्रनगर क्षेत्रलाई सफा र सुन्दर शहर बनाउनका लागि विशेष सरसफाइ अभियान सञ्चालन गरिएको हो । 

प्रदेश नं ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज वीरेन्द्रनगरको मंगलगढी चोकबाट राजधानी केन्द्रित विशेष सरसफाइ अभियानको औपचारिक उद्घाटन गर्दै प्रदेशको राजधानी भएकाले यसलाई नमूना शहरका रुपमा विकास गर्नुपर्ने बताउनुभयो । 

“यो शहर प्रदेशको राजधानी भएकाले यसलाई बनाउन सबैको ध्यान केन्द्रित हुन जरुरी छ, नागरिकको स्वास्थ्य ठीक भए, अन्य सबै ठीक हुन्छ, त्यसैले सरसफाइमा विशेष ध्यान दिनुपर्छ” उहाँले भन्नुभयो । 

राजधानी सरसफाइ गरेर नमूना शहर निर्माण गरे प्रदेशको पर्यटन विकासमा समेत वृद्धि हुने भएकाले सबै क्षेत्रबाट यो अभियानलाई सफल बनाउनुपर्ने मुख्यमन्त्री शाहीको भनाइ छ । 

सरसफाइ नागरिकको पहिलो प्रतिष्ठा भएकाले नगरपालिकाभित्रका सबै वडा, चोक, सार्वजनिकस्थानमा रहेका फोहर उठाएर अभियानको थालनी गरेको वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले जानकारी दिनुभयो । 

यो अभियानले वीरेन्द्रनगरलाई देशकै नमूना शहर बनाउने र प्रदेशको पर्यटन विकास वृद्धि हुने पनि उहाँले बताउनुभयो । 

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको नेतृत्वमा शुरु भएका सोे अभियानमा प्रदेश नं ६ का मन्त्रीहरु, प्रदेशसभा सदस्य, नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, प्रहरी, नेपाली सेनालगायतको सहभागिता थियो । 

salt training

कमेन्ट गर्नुहोस्