२३ जेठ २०८३, शनिबार

आगलागीमा तीन महिला गम्भीर घाइते

फागुन १२, २०७४
आगलागीमा तीन महिला गम्भीर घाइते

डोल्पा, १२ फागुन - हिमाली जिल्ला डोल्पामा आगलागीमा परी तीन महिला गम्भीर घाइते भएका छन् । 

आज दिउँसो त्रिपुरासुन्दरी नगरपालिका–५ मा पर्ने कागुत्तो वनमा लागेको आगलागीमा परेर तीन महिला गम्भीर घाइते भएका हुन् । 

घाइते हुनेमा त्रिपुरासुन्दरी नगरपालिका–६ फुल्चिङ बस्ने १६ वर्षीया प्रतिमा रोकाय सोही स्थानकी ६२ वर्षीया चाउरी चलाउने र सोही स्थानकै ६० वर्षीया मनरुपा चलाउने रहेको जिप्रका डोल्पाका प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले जानकारी दिए । 

उनीहरु आज बिहान ११ बजेतिर नजिकैको छिमेकी गाउँ ल्हाँबाट घर फर्कने क्रममा कागुत्तो वनमा लागेको आगलागीमा परी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । 

उपचारका लागि सेनाको हेलिकप्टरबाट सुर्खेत लगिएको र सुर्खेतमा उपचार नभएपछि उपचारका लागि नेपालगञ्ज लगिएको काली चलाउनेले बताए  । 

आगो कसले लगाएको हो भन्ने पत्ता नलागेकाले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । घाइते तीन महिला बेहोस अवस्थामा रहेको बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्