०८ असार २०८३, सोमबार

लिभरपुलसँग वेष्ट ह्याम ४–१ ले पराजित, वाट्फोर्ड र ब्राईटन पनि विजयी

फागुन १३, २०७४
लिभरपुलसँग वेष्ट ह्याम ४–१ ले पराजित, वाट्फोर्ड र ब्राईटन पनि विजयी

काठमाडौं, १३ फागुन– इङ्गलिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएका खेलमा लिभरपुल, ब्राईटन र वाट्फोर्ड विजयी भएका छन् । गएराति आफ्नै मैदानमा लिभरपुलले वेष्ट ह्याम युनाईटेडलाई ४–१ ले पराजित गरेको छ । 

प्रिमियर लिग फुटबलकै अर्को खेलमा वाट्फोर्डले एभर्टनलाई १–० ले हराउँदा हडर्सफिल्ड टाउनले वेष्ट ब्रोमलाई २–१ ले तथा ब्राईटनले स्वान्सी सिटीलाई ४–१ ले पराजित गरे । लेष्टर सिटी र स्टोक सिटी तथा बर्न्ले र साउथह्याम्पटनले १–१ गोलको बराबरी खेलेका छन् । 

यसैगरी, बर्नमाउथ र न्युकासल युनाईटेड २–२ गोलको बराबरीमा समेटिएका छन् । प्रिमियर लिग फुटबलमा आज क्रिष्टल प्यालेस र टोटनह्याम हट्सपर तथा म्यान्चेस्टर युनाईटेड र चेल्सी भिड्नेछन् ।
 

salt training

कमेन्ट गर्नुहोस्