१६ असार २०८३, मंगलबार

प्रदेश ५ को बैठक २७ फागुनमा

फागुन १३, २०७४
प्रदेश ५ को बैठक २७ फागुनमा

रुपन्देही, १३ फागुन– प्रदेश नम्बर ५ मा आजका लागि आव्हान गरिएको प्रदेश सभाको बैठक फागुन २७ गतेका लागि सरेको छ । 

बैठकमा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुको सेवा सुविधा तोक्ने र आर्थिक विधेक नियमावली बनाउने कार्यसूची थियो ।  तर, प्रदेशसभामा छलफल गर्ने विषयवस्तुमा तयारी नपुगेको भन्दै बैठक सारिएको हो ।

कार्यव्यवस्था परामर्श समितिको परामर्श अनुसार बैठक सारिएको हो । २७ गतेको बैठकमा सरकारले विश्वासको मत लिने तयारी गरेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्