२७ जेठ २०८३, बुधबार

रेशम चौधरीविरुद्ध जिल्ला अदालतमा थुनछेक बहस, धरौटीमा रिहा हुनसक्ने

फागुन १४, २०७४
रेशम चौधरीविरुद्ध जिल्ला अदालतमा थुनछेक बहस, धरौटीमा रिहा हुनसक्ने

धनगढी १४ फागुन– कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित रेशम चौधरीविरुद्ध जिल्ला अदालत कैलालीमा थुनछेक बहस शुरु भएको छ । 

न्यायाधीश परशुराम भट्टराइको एकल इजालमा थुनछेक बहस भइरहेको छ । चौधरीको तर्फबाट अधिवक्तात्रय गंगाराम उपाध्याय, गम्भीर सिंह ऐर र गजेन्द्र बहादुर केसीले बहस गरिरहेका छन् । 

तारेखमा रिहा, धरौटीमा रिहा या थुनामा समेत राख्न सकिने तीनवटा विकल्प भएको श्रेस्तेदार इन्द्र कठायतले लोकान्तरलाई जानकारी दिए । कैलालीको टीकापुर घटनाका दोषी ठहरिएका चौधरीले सोमवार जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गरेका थिए ।  

वि.सं. २०७२ भदौ ७ गते सात जना प्रहरी र एक जना नाबालक मारिएको घटनाका आरोपी चौधरीविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दा कैलाली जिल्ला अदालतमा विचाराधीन छ । 

कैलाली निर्वाचन क्षेत्र नं। १ बाट राष्ट्रिय जनता पार्टीका प्रतिनिधि सभा सदस्यका उम्मेदवार रेशमले तीन गुणा मतान्तरले विपक्षीलाई पराजित गरे । रेशमले ३४ हजार तीन सय ४१ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी वामगठबन्धनकी उम्मेदवार गरिमा शाह १३ हजार चार सय छ मत पाएकी थिइन् ।

सांसदमा जितेपनि प्रहरीको खोजीमा रहेका चौधरी सांसदको प्रमाणपत्र लिन आएका थिएनन् ।

टीकापुर घटनाका फरार अभियुक्त  रेशम चौधरीले आत्मसमर्पण गरे

 

salt training

कमेन्ट गर्नुहोस्