०९ साउन २०८३, शनिबार

संविधान संशोधनको प्रतिबद्धतापछि उपेन्द्र यादव सरकारमा सहभागि हुन राजी

फागुन १४, २०७४
संविधान संशोधनको प्रतिबद्धतापछि उपेन्द्र यादव सरकारमा सहभागि हुन राजी

काठमाडौं १४ फागुन– प्रमुख सत्तारुढ घटक नेकपा एमालेले संविधान संशोधन गर्ने प्रतिबद्धता जनाएपछि संघीय समाजवादी फोरम प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा सहभागी हुन राजी भएको छ । बालुवाटारमा सोमवार बिहान भएको छलफलमा एमाले अध्यक्ष समेत रहेका ओलीले संविधान संशोधनको प्रतिबद्धत जनाएका थिए । 

नागरिकता, प्रदेशको सीमाङ्कन लगायत बिषयमा संविधान संशोधन गर्नुपर्ने फोरमले माग गर्दै आएको छ । प्रधानमन्त्री ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र फोरम अध्यक्ष उपेन्द्र यादवबीच सोमवार छलफल भएको थियो । 

यादवलाई परराष्ट्र मन्त्रालय दिएर सरकारमा ल्याउने तयारी भइरहेको बालुवाटार स्रोतले बतायो । यादव यसअघिपनि परराष्ट्रमन्त्री बनिसकेका छन् । फोरमले एक राज्यमन्त्री पनि पाउने सहमति भएको छ । 
तर यादवको शपथ सोमवार हुने नहुने टुंगो लागेको छैन् ।

यादवले सरकारमा सहभागी हुन नमाने पनि आजै एमाले र माओवादीबाट मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा प्रधानमन्त्री रहेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्