१० साउन २०८३, आइतबार

ओली सरकारको ढुकुटी खतिवडाको जिम्मामा, अर्थमन्त्री बन्ने पक्का !

फागुन १४, २०७४
ओली सरकारको ढुकुटी खतिवडाको जिम्मामा, अर्थमन्त्री बन्ने पक्का !

काठमाडौं, १४ फागुन- राष्ट्रियसभा सदस्यको शपथ लिन सर्वोच्च अदालतले रोक लगाए पनि पूर्वगभर्नर डा. युवराज खतिवडा अर्थमन्त्री बन्ने भएका छन् ।

प्रधानमन्त्री केपीशर्मा ओलीले खतिवडालाई अर्थमन्त्री बनाउन लागेका हुन् । खतिवडासँगै महासचिव ईश्वर पोखरेलले पनि सोमबार नै शपथ लिनेछन् । पोखरेलले कुन मन्त्रालय पाउने भन्ने भने सार्वजनिक भइसकेको छैन ।

राष्ट्रपतिबाट नियुक्त ३ राष्ट्रियसभा सदस्यलाई शपथ लिन सर्वोच्चले रोक लगाएको छ ।

संविधानले संसद सदस्य नरहेको व्यक्तिलाई पनि मन्त्री बनाउने छुट दिएको छ । यसरी मन्त्री बन्ने व्यक्तिले ६ महिनाभित्र संसदको सदस्यता प्राप्त गरिसक्नुपर्ने हुन्छ ।

यस्तै माओवादीबाट रामबहादुर थापा बादल गृहमन्त्री बन्दैछन् । यस्तै मातृका यादवले पनि सोमबार नै शपथ लिने स्रोतले बतायो ।

आकांक्षीहरूको संख्या अत्यधिक भएपछि ओली सरकारले सोमबार पूर्णता पाउने सम्भावना न्यून छ ।

स्रोतका अनुसार सोमबार ४ जनालेमात्र शपथ लिनेछन् ।

salt training

कमेन्ट गर्नुहोस्