
काठमाडौं, १४ फागुन– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल विस्तारको तयारी गरेका छन् ।
शितलनिवासमा केहीबेरपछि मन्त्रीहरुको पद तथा गोपनियताको शपथ ग्रहण हुने तयारी गरिएको छ ।
एमालेका तर्फबाट महासचिव र्इश्वर पोखरेलले रक्षा र डा. युवराज खतिवडाले अर्थमन्त्रीका रुपमा शपथ ग्रहण गर्दै छन् । पोखरेलले अर्थमन्त्रालयको दाबी गरेपनि ओलीले पूर्व गभर्नर खतिवडालाई अर्थमन्त्रालयको जिम्मेवारी दिने तयारी गरेका छन् ।
त्यस्तै माओवादीबाट आज रामबहादुर थापा बादल र मातृका यादव सरकारमा सहभागी हुन्दैछन् ।
बादल गृहमन्त्री हुने छन् भने यादवले उद्योग मन्त्रालय सम्हाल्दै छन् ।