
काठमाडौं, १४ फागुन-नवनियुक्त अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको आर्थिक वृद्धिका लागि निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने बताएका छन् ।
सोमबार अर्थमन्त्रालयमा पदभार ग्रहणपछि प्रतिक्रिया दिँदै खतिवडाले यस्तो बताएका हुन् ।
साथै उनले सहकारी पनि आफ्नो प्राथमिकतामा रहने बताए ।
संरचनागत र नीतिगत सुधार गर्दै अघि बढ्ने बताएका खतिवडाले अन्तर्राष्ट्रिय सहयोग पनि राष्ट्रिय प्राथमिकताका आधारमा बढाउने बताए । त्यसका लागि विश्वासको वातावरण पनि बनाउने उनको भनाइ छ ।