०१ असार २०८३, सोमबार

रेशम चौधरीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

फागुन १४, २०७४
रेशम चौधरीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

कैलाली, १४ फागुन-जिल्ला अदालत कैलालीले नवनिर्वाचित सांसद रेशम चौधरीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

जिल्ला न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले सोमबार यस्तो आदेश दिएको हो । त्यसअघि दिनभर चौधरी प्रतिवादी रहेको रिटमा बहस भएको थियो । 

टीकापुर घटनाका आरोपी चौधरीले सोमबार अदालतमा आत्मसमर्पण गरेका थिए ।

अदालतको आदेशपछि चौधरीले अदालतले पूर्वाग्राही फैसला गरे पनि आफूले त्यसको सम्मान गर्ने प्रतिक्रिया दिए । अन्त्यमा आफूले न्याय पाउने उनको विश्वास छ ।

चौधरी कैलाली १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनले अहिलेसम्म जितको प्रमाणपत्रसमेत बुझेका छैनन् ।

salt training

कमेन्ट गर्नुहोस्