३० जेठ २०८३, शनिबार

गडबड गर्नेका लागि मात्र म खतरा हुँ : मातृका यादव (भिडियाे)

फागुन १४, २०७४
गडबड गर्नेका लागि  मात्र म खतरा हुँ : मातृका यादव (भिडियाे)

काठमाडौं,१४ फागुन– नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले आफ्नो कार्यकालमा कुनै पनि कर्मचारीले काममा ढिलासुस्ती र अनियमितता गर्न सह्य नहुने बताएका छन् । काममा गडबड गर्नेका लागि आफू खतरानाक व्यक्ति भएको मन्त्री यादवको भनाइ थियो । 

सोमबार उद्योग मन्त्रालयमा पदभार ग्रहणपछि कर्मचारीहरुलाई मन्त्री यादवले मित्रवत भएर काम गर्न निर्देशन दिए । आफूप्रति आउने प्रतिक्रिया जस्तासुकै भए पनि दुस्साहस र अन्यायसँग सम्झौता नगर्ने मन्त्री यादवको भनाइ थियो । 

‘मलाई मन्त्री भन्दा पनि मित्र सम्झेर सहयोग गरिदिनु होला । म गडबड गर्नेका लागि मात्रै खतरा हुँ,’ मन्त्री यादवले भने, ‘उद्योग मन्त्रालयमार्फत हामीले जनतालाई धेरै सहयोग गर्न सक्छौं ।’
 

हेर्नुहाेस् भिडियाे,

salt training

कमेन्ट गर्नुहोस्