३१ असार २०८३, बुधबार

कान्तिपुर दैनिक प्रकरणमा बोल्यो महासंघ : सर्वोच्चको  आदेशप्रति आपत्ति

फागुन १४, २०७४
कान्तिपुर दैनिक प्रकरणमा बोल्यो महासंघ : सर्वोच्चको  आदेशप्रति आपत्ति

काठमाडौँ, १४ फागुन- नेपाल पत्रकार महासंघले सर्वोच्च अदालतले आइतबार कान्तिपुर दैनिकविरुद्ध चलिरहेको मानहानीको मुद्दामाथि दिएको आदेशप्रति आपत्ति जनाएको छ । 

महासंघका महासचिव रमेश विष्टले आज विज्ञप्ति जारी गर्दै सञ्चार माध्यममा कुन सामग्री प्रकाशन तथा प्रसारण गर्ने वा नगर्ने विषय सञ्चार माध्यमको संविधान प्रदत्त अधिकार हो भन्नुभयो । 

विज्ञप्तिमा भनिएको छ –“नेपालको संविधान २०७२ ले पूर्ण प्रेस स्वतन्त्रता सुनिश्चित गरेबाट आमसञ्चारको हक र महत्व स्पष्ट हुन्छ ।” 

आइतबार सर्वोच्च अदालतका प्रधानन्यायधीश गोपालप्रसाद पराजुलीका बारेमा कान्तिपुर दैनिकमा समाचार प्रकाशित भएपछि सर्वोच्च अदालतले तीन दिनभित्र उपस्थित भएर बयान दिन कान्तिपुर दैनिक र प्रेस काउन्सिललाई निर्देशन दिएको छ । 

अदालतको आदेश र त्यसपछिको प्रतिक्रियालाई ध्यानमा राख्दै महासंघले आन्तरिक बैठक र सरोकार भएकासँग छलफलपछि थप धारणा सार्वजनिक गर्ने विज्ञप्तिमा उल्लेख छ । रासस 

salt training

कमेन्ट गर्नुहोस्