३१ जेठ २०८३, आइतबार

फोरमलाई मनाउन सांकेतिक विस्तार

फागुन १५, २०७४
फोरमलाई मनाउन सांकेतिक विस्तार

काठमाडौं, १५ फागुन-  एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा संघीय फोरम सहभागी हुने भएको छ। प्रधानमन्त्री ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमाले वरिष्ठ नेता माधवकुमार नेपालले संविधान संशोधनमा लचकता देखाएपछि फोरम अध्यक्ष उपेन्द्र यादव सरकारमा जान सहमत भएका हुन्।

सरकारमा सहभागी हुन फोरमले संविधान संशोधन, प्रदेश ५ को सीमांकनमा सामान्य हेरफेर, चार मन्त्रालयको नेतृत्व र साझा न्यूनतम कार्यक्रमलगायत विषयमा प्याकेज सहमति गर्नुपर्ने र त्यसमा लिखित प्रतिबद्धता जनाउनुपर्ने सर्त राखेको छ। फोरमले थप प्रतिबद्धता खोजेपछि प्रधानमन्त्री ओलीले सोमबार सांकेतिक रूपमा मात्रै सरकार विस्तार गरेका छन्। एमाले र माओवादीको तर्फबाट मन्त्री हुनेको टुंगो लागिसके पनि ओलीले फोरमलाई समेत समेटेर एकैपटक सरकार विस्तार गर्ने भन्दै चार जनालाई मात्रै शपथ गराएका हुन्, अन्नपूर्ण पोस्टमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्