१० साउन २०८३, आइतबार

कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत, संसद बैठक अनिश्चतकालका लागि स्थगित

फागुन १५, २०७४
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत, संसद बैठक अनिश्चतकालका लागि स्थगित

सुर्खेत, १५ फागुन-कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशसभाको पहिलो अधिवेशनको पाँचौं बैठकमा विश्वासको मत प्राप्त गरेका छन् । उनले संविधानको धारा १६८ को उपधारा २ अनुरूप विश्वासको मत माग्दै संसद बैठकमा प्रस्ताव पेश गरेका थिए ।

त्यसअघि प्रस्तावको सर्मथन गर्दै नेकपा एमालेका संसदीय दलका नेता यामलाल कंडेलले फागुन ३ गते प्रदेश प्रमुखलाई दिएको हस्ताक्षरलाई कायमै राख्ने र सरकारको पक्षमा मत दिने बताए । उनले सरकारले सहकार्यको बाटो अवलम्बन गर्नुपर्ने सुझाव पनि दिए ।

नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले आफूहरू रचनात्मक प्रतिपक्षको भूमिका खेल्ने बताए । तर यसकालागि सरकारले गरेका कामहरूको आधारमा सर्मथन वा विरोध गर्ने उनको भनाइ थियो  । राप्रपा सांसद सोशिला शाहीले संविधानका केही धारामा आफूहरूको मतभेद भए पनि समृद्धिका लागि सबैसँग सहकार्य गर्दै जाने बताइन् ।

संसदमा मुख्यमन्त्रीका पक्षमा नेकपा एमाले र माओवादी केन्द्रका ३२ सांसदले मतदान गरेका थिए भने नेपाली कांग्रेसका ५ र राप्रपाका १ सांसदले प्रस्तावको विपक्षमा मतदान गरेका थिए ।

प्रदेश सभाको बैठक अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको सभामुखले घोषणा गरे ।

salt training

कमेन्ट गर्नुहोस्