१३ असार २०८३, शनिबार

देउवा, पौडेलसहितका नेतालाई निवासमा भेला पारेर शशांकले भने 'पार्टी एकताबद्ध बनाएर अगाडि बढ्नुुपर्छ'

फागुन १६, २०७४
देउवा, पौडेलसहितका नेतालाई निवासमा भेला पारेर शशांकले भने 'पार्टी एकताबद्ध बनाएर अगाडि बढ्नुुपर्छ'

काठमाडौं, १६ फागुन-नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टीलाई एकताबद्ध बनाएर अगाडि लैजानुपर्ने बताएका छन् ।

प्रतिनिधि सभाका सांसदलाई स्वागत तथा होली पर्वको शुभकामना दिन आज टोखास्थित आफ्नै निवासमा आयोजित दिवाभोज कार्यक्रममा महामन्त्री कोइरालाले पार्टीलाई एकढिक्का बनाएर अगाडि बढ्नुपर्ने बताएका छन् ।

उनले पार्टीभित्र देखिएको दुर्दशाले कांग्रेसलाई फाइदा नपुग्ने भन्दै सबै मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । 'म पार्टी एकढिक्का भएर अगाडि बढाउन चाहन्छु,' कोइरालाले भने ।

कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु प्रकाशमान सिंह, विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, डा प्रकाशशरण महत, दिलेन्द्रप्रसाद बडू, आनन्द ढुंगाना, मानबहादुर विश्वकर्मा, एनपी साउद, चन्द्र भण्डारी, प्रदीप पौडेल, कल्याण गुरुङ, दीपक खड्कालगायत नेताको उपस्थिति रहेको थियो ।

फोटो : युपी लामिछानेको फेसबुकबाट

salt training

कमेन्ट गर्नुहोस्