०३ असार २०८३, बुधबार

राजधानीमा बिस्फोटक पदार्थसहित एकजना पक्राउ

फागुन १६, २०७४
राजधानीमा बिस्फोटक पदार्थसहित एकजना पक्राउ

काठमाडौँ, १६ फागुन– प्रहरीले विष्फोटक पदार्थसहित राजधानीबाट एकजनालाई पक्राउ गरेको छ । 

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले जाँचका क्रममा गएराति धादिङबाट काठमाडौँ आउँदै गरेको बा ३ ख ९७१९ नं को बसमा यात्रा गरिआएका दैलेख नौमूले गाउँपालिका–८ का दशरथबहादुर शाहीलाई विष्फोटक पदार्थसहित पक्राउ गरेको हो । 

शाहीले झोलामा राखेर ल्याएको डेटोनेटर ४४ थान, लोला १२ थान, ‘सेफ्टीफ्युज’ २५ मिटर, कालो टेप दुई थान र रबरको गुलेली एउटा बरामद गरिएको हो । 

महानगरीय प्रहरी परिसर, काठमाडौँका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक विश्वराज पोखरेलले पक्राउ परेका शाही रसुवामा सडक निर्माणमा मजदुरको रुपमा काम गर्ने गरेको र सडक निर्माणका लागि ल्याएको विष्फोटक पदार्थ चोरेर हिँडेको अनुसन्धनाको क्रममा खुलेको जानकारी दिए । 

ठेकेदारले काम गरेबापत दिनुपर्ने रु ३१ हजार नदिएको झोंकमा आफूले विष्फोटक पदार्थ चोरेर भागेको बयान उनले प्रहरीसामु दिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्