१६ असार २०८३, मंगलबार

प्रदेश ३ लाई महिला हिंसामुक्त प्रदेश बनाउने प्रतिबद्धता

फागुन १६, २०७४
प्रदेश ३ लाई महिला हिंसामुक्त प्रदेश बनाउने प्रतिबद्धता

हेटाैंडा, १६ फागुन– प्रदेश नं. ३ का सभामुख सानुकुमार श्रेष्ठले प्रदेश नं. ३ लाई महिला हिंसामुक्त बनाउन पहल गर्ने बताएका छन् । 

आज माइती नेपालको २५ औँ स्थापना दिवसको अवसरमा गरिएको मेची–महाकाली यात्राको समापन कार्यक्रममा उनले मानव बेचविखनको तथ्याङ्कअनुसार अति जोखिममा रहेको जिल्लाहरू पर्ने यस प्रदेशमा महिलामाथि हुने सबैखाले हिंसा अन्त्य गर्दै मानव बेचविखन शून्यमा पुर्याउन लागिपर्ने बताए । 

माइती नेपालका कार्यकारी निर्देशक विश्वराम खड्काले मानव वेचविखनको स्वरुप परिवर्तन भएकाले अझै जटिलता थपिएको बताए । 

माइती नेपालले स्थापनाको २५ वर्षमा ३६ हजारभन्दा बढी बेचबिखनमा परेका महिलाको उद्धार गरिसकेको सो अवसरमा जानकारी दिइयो । 

salt training

कमेन्ट गर्नुहोस्