काठमाडौं, २६ मंसिर –प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिने भएको छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णय अनुसार प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण अब वेबसाइटमार्फत् सार्वजनिक गरिनेछ ।

पदभार ग्रहण गरेको २ महिनाभित्रै सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने भए पनि चार महिना वित्न लाग्दासमेत प्रधानमन्त्री र मन्त्रिहरूले आफ्नो सम्पत्ति विवरण बुझाएका छैनन ।