
काठमाडौं, २० फागुन– संघीय समाजवादी फोरम नेपाललाई सरकारमा ल्याउने विषयमा आज छलफल हुँदैछ । फोरम र सत्ता साझेदार दलबीच यस विषयमा पटकपटक वार्ता भएका छन् । वार्ता सहमति नजिक पुगेको बताइएको छ ।
आजै सहमति भएर हस्ताक्षर भए फोरम आजै सरकारमा आउनेछ । संविधान संशोधन र मन्त्रालय बाँडफाँडसहित दुई बुँदामा सहमति गर्ने प्रयास भइरहेको नेताहरुले बताएका छन् ।
नेकपा एमाले, माओवादी केन्द्र र समाजवादी फोरमकाबीचमा आज ४ बजेअगाडी लिखित सम्झौता गर्ने तयारी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
फोरमले तीन मन्त्रालय मागेकोमा बाम गठन्धनले दुई मात्रै दिने र प्रदेशको सिमांकन परिवर्तन लगायतका संविधान संशोधनका विषयमा सरकारले संसदमा प्रस्ताव लैजाने गरि सहमति हुन लागेको बताइएको छ ।