०८ असार २०८३, सोमबार

दुर्घटना : छ महिनामा ३३ जनाको मृत्यु

फागुन २०, २०७४
दुर्घटना : छ महिनामा ३३ जनाको मृत्यु

लहान, २० फागुन- चालू आर्थिक वर्ष २०७४÷७५ को छ महिनाको अवधिमा सडक दुर्घटनामा परी सिरहामा ३३ जनाको मृत्यु भएको छ भने २४० जना घाइते भएका छन् । 

साउनदेखि पुस मसान्तसम्म सडक दुर्घटनामा परी सिरहामा २८ पुरुष, चार महिला र एक बालबालिकाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान प्रहरी निरीक्षक रुद्र चुँडालले जानकारी दिनुभयो । 

सो अवधिमा १८८ वटा सडक दुर्घटनामा परी १७५ पुरुष, ३८ महिला र २७ बालबालिका घाइते भएका थिए । सबैभन्दा बढी १२० वटा मोटरसाइकल दुर्घटना भएको थियो । सडकमा छाडिने छाडा पशुचौपाया, सडक बिग्रिएको र चालकको लापर्बाहीलगायत कारणले दुर्घटना बढेको प्रहरी निरीक्षक चुँडाल बताउनुहुन्छ । 

salt training

कमेन्ट गर्नुहोस्