०२ साउन २०८३, शनिबार

फागुन २६ गते सभामुखको निर्वाचन, २७ गते प्रधानमन्त्रीले विश्वासको मत लिने

फागुन २०, २०७४
फागुन २६ गते सभामुखको निर्वाचन, २७ गते प्रधानमन्त्रीले विश्वासको मत लिने

काठमाडौं २० फागुन– प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २७ मा प्रतिनिधि सभाको बैठकबाट विश्वासको मत लिने भएका छन् ।

संसदमा राष्ट्रिय दलको मान्यता पाएका पाँच दलको आइतवार सर्वदलीय बैठकले सभामुखको निर्वाचन र प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची तय गरेको हो । 

फागुन २६ गते प्रतिनिधि सभाको सभामुख र ३० गते राष्ट्रिय सभाको अध्यक्ष नर्वाचित गर्ने कार्यक्रम तय भएको संघीय संसद सचिवालयका एक अधिकारीले जानकारी दिए । यस्तै फागुन २ गते प्रतिनिधि सभाको उपसभामुख र फागुन ४ गते राष्ट्रिय सभाको उपाध्यक्ष निर्वाचित गर्ने कार्यसूची तय भएको छ । 

संसदको पहिलो अधिवेशन सोमवार शुरु हुँदैछ । आइतवार संघीय संसदका सदस्यहरुको शपथ कार्यक्रम तय भएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्