१० साउन २०८३, आइतबार

माधव नेपालको गाडी चढेर संसद भवन पुगे सिलवाल

फागुन २०, २०७४
माधव नेपालको गाडी चढेर संसद भवन पुगे सिलवाल

काठमाडौं, २० फागुन– प्रहरीले फरार अभियुक्तको सूचीमा राखेका नेकपा एमालेका सांसद तथा नेपाल प्रहरीका पूर्व डिआईजी नवराज लिलवाल सांसदको सपथ लिन आइतवार संसद भवन पुगेका छन् । 

सिलवाल एमाले वरिष्ठ नेता माधव नेपालको गाडी चढेर संसद भवन पुगेका हुन् ।  आइतवार अपराह्न ४ बजे हुने शपथ ग्रहण समारोहमा सहभागी हुन सिलवाल ३ः१५ बजेतिर संसद भवन पुगेका थिए । 

सिलवालमाथि नेपाल प्रहरीको महानीरिक्षक (आईजीपि) बढुवा प्रकणरमा सरकारी कागजात किर्ते गरेको अभियोग छ । सरकारले नै सिलवालविरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान गरेको थियो । 

महानगरीय प्रहरी परिसर काठमाडौंले सिलवालमाथि छानविन गरी सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्