१४ असार २०८३, आइतबार

इटालीमा पूर्वप्रधानमन्त्रीलाई रोकिन् अर्धनग्न महिलाले मतदान गर्न

फागुन २१, २०७४
इटालीमा पूर्वप्रधानमन्त्रीलाई रोकिन् अर्धनग्न महिलाले मतदान गर्न

काठमाडौं, २१ फागुन — इटालीमा नयाँ सरकार बनाउनका लागि भइरहेको चुनावी प्रक्रियाका बेलामा अनौठो घटना भएको छ । 

त्यहाँका पूर्वप्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीलाई एक २३ वर्षीया युवतीले आफ्नो कपडा खोलेर मत दिन केही बेर रोकिन् । 

बर्लुस्कोनी आफ्ना समर्थकहरूका साथ मत हाल्नका लागि मतदान केन्द्रमा पुग्दा एक महिला त्यहाँ बसिरहेकी थिइन् । बर्लुस्कोनीले आफ्ना कागजात निर्वाचन अधिकारीहरूलाई देखाउँदै गर्दा युवतीले प्यान्ट त लगाइरहिन् तर
कम्मरमाथिको भाग र स्तनहरू देखाउँदै कुर्सीमा उभिइन् । 

युवतीले कालो मसीले वक्षस्थलमा लेखेकी थिइन् : समय बितिसकेको छ र तिमी प्रधानमन्त्री रहँदा देशलाई सम्हाल्न सक्नुभएन भने अब के गरौला ?

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्