
मुम्बई – चलचित्र २.० को टिजर लिक भएको छ ।
चलचित्रको टिजर अनलाइन मार्फत लिक भएको हो । रजनीकान्तको चलचित्रको टिजर लिक भएको यो दोस्रो पटक हो
। यस अगाडि उनको फिल्म कालाको पनि टिजर लिक भएको थियो । टिजर अनलाइनमा लिक भएको बिषयमा रजनीकान्तकी छोरी सौदर्याले निकै दुःख ब्यक्त गरेकी छन् ।
उनले एक ट्वीट गर्दै लेकी छन् ‘यस्तो किसिमको क्रियाकलापलाई माफी दिइदैन ।’ साइन्स फिक्शनमा बिषय उठाएको चलचित्रको बजेट ४ सय करोड बताइएको छ । चलचित्रमा अक्षय कुमार नेगेटिभ भुमिकामा रहेका छन् ।