२१ जेठ २०८३, बिहीबार

मेलम्चीको शुरुङ खन्ने काम मंगलवारदेखि सुचारु हुने

फागुन २१, २०७४
मेलम्चीको शुरुङ खन्ने काम मंगलवारदेखि सुचारु हुने

काठमाडौँ, २१ फागुन– फागुन १६ गते बुधबारदेखि रोकिएको मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माण मंगलबारदेखि शुरु हुने भएको छ । 

काकाकुल उपत्यकावासीको प्यास मेटाउन बहुप्रतीक्षित आयोजनाको २७.५ किमी सुरुङ अन्तिम चरणमा पुगेर पाँच दिनदेखि काम हुन सकेको थिएन । इटालियन ठेकेदार कम्पनी सिएमसीले सुरुङ निर्माणमा संलग्न कामदारलाई तलब नदिएपछि बुधबारदेखि सिन्धु–ग्याल्थुम खण्डको काम रोकिएको आयोजनाका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले जानकारी  दिए । 

“निर्माण व्यवसायी कम्पनीले आज तलब दिएको जानकारी आएको छ, सके आजै बेलुकी, नभए मंगलबार बिहानदेखि काम शुरु हुन्छ, अब मात्र १९० मिटर सुरुङ खन्न बाँकी छ,” उनले भने । 

पाँच दिन काम रोकिएपनि चैत १५ सम्म काम सक्नेगरी सुरुङ निर्माण हुने आयोजनाले जनाएको छ । ठेकेदार कम्पनीले प्रक्रिया पु¥याएर ल्याएको बिल भुक्तानी सम्झौतामा उल्लेख भएभन्दा छिटो नै आयोजनाले गर्ने गरेको कार्यकारी निर्देशक देवकोटाले बताए । 

सम्झौतामा बिल भर्पाइ पेश भएको ५६ दिनमा भुक्तानी गरिसक्नुपर्ने व्यवस्था भएपनि अहिलेसम्म समयसीमा कटाइएको छैन । यसअघि मुहानस्थल अम्बाथानमा कार्यरत मजदुरले पनि लामो समयदेखि तलब नपाएको गुनासो गरेका थिए । 

आयोजनाको सुन्दरीजल–सिन्धु र ग्याल्थुम–अम्बाथान सुरुङखण्ड यसअघि नै छिचोलिएको छ । सुरुङ निर्माण सम्पन्न भई आउँदो दशैँ अघि मेलम्चीको पानी राजधानीको धारामा वितरण हुने विश्वास गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्