३१ जेठ २०८३, आइतबार

जबजबारे बामदेवको यस्तो अडान

फागुन २१, २०७४
जबजबारे बामदेवको यस्तो अडान

काठमाडौँ, २१ फागुन- नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले आफूले जनताको बहुदलीय जनवाद (जबज) लाई छाड्न नसक्ने बताउनुभएको छ । 

शहीद यदुकुमार गौतमको १९औँ स्मृतिसभालाई यहाँ आजसम्बोधन गर्दै उहाँले जबज संसारकै उत्कृष्ट विचारधारा भएको जिकिर गर्नुभयो । “नेकपा (माओवादी केन्द्र)सँग एकता भए पनि म जबज छाड्न सक्दिन”, उहाँले भन्नुभयो । 
उहाँले अहिलेसम्म माओवादी केन्द्रसँगको एकताको आधार नै जबज रहेको स्पष्ट गर्नुभयो । उहाँले शहीद गौतमले नेपालको कम्युनिष्ट आन्दोलनमा पु¥याएको योगदानलाई भुल्न नसकिने बताउँदै गौतमको हत्या गरेर तत्कालीन माओवादीले गल्ती गरेको आरोप लगाउनुभयो । यदुको विसं २०५५ फागुन २१ गते रुकुममा तत्कालीन माओवादीबाट हत्या गरिएको थियो । त्यतिबेला उहाँ एमाले जिल्ला सचिव रहनुुभएको थियो । 

कार्यक्रममा माओवादी केन्द्रका नेता जनार्दन शर्माले गौतमको हत्या पार्टीको निर्देशनमा नभई स्थानीयस्तरबाट भएको बताउँदै यदुको हत्यामा पार्टीले गल्ती स्वीकार गरिसकेको बताउनुभयो । 

कार्यक्रममा यदुकी श्रीमती तीर्थाले पतिको हत्या के कारण भएको हो भन्ने अहिलेसम्म थाहा नपाएको बताउँदै अहिले दुई पार्टी एक हुन थालेकामा आफूलाई खुशी लागेको छ भन्नुभयो । 

salt training

कमेन्ट गर्नुहोस्