२४ जेठ २०८३, आइतबार

सरकारले फेरि  सञ्चालनमा ल्याउने भयो बन्द उद्योग

फागुन २१, २०७४
सरकारले फेरि  सञ्चालनमा ल्याउने भयो बन्द उद्योग

काठमाडौँ, २१ फागुन - सरकारले बन्द भएका उद्योग पुनःसञ्चालनमा ल्याई स्वदेशमा नै रोजगारीको अवसर प्रदान गर्न विशेष कार्ययोजना ल्याउने भएको छ । 

नेपाल घरेलु तथा साना उद्योग महासंघसँग आज सिंहदरबारमा भएको छलफलमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले बन्द भएका उद्योग सञ्चालन गर्ने र लगानीको वातावरण बनाउने कार्यलाई प्रमुख प्राथमिकतामा राखिएको बताए । 

रोजगारीको अवसर वृद्धि गर्न साना तथा घरेलु उद्योगको विकासमा जोड दिनुपर्ने, त्यसका लागि सरकार र व्यवसायीको साझा प्रयत्न जरुरी रहेको मन्त्री यादवको भनाइ थियो । 

हाल मुलुकभर करिब तीन लाख ५० हजार घरेलु तथा साना उद्योग दर्ता भई झण्डै दुई लाख ५० हजार उद्योग सञ्चालनमा रहेका छन् । घरेलु उद्योगको संख्या बढी भएपनि ती उद्योगले आकार ग्रहण गर्न नसक्दा आम जनमानसमा समेत ती उद्योग हुन् कि होइनन् भन्ने भ्रम पनि रहेको महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले मन्त्री यादवलाई जानकारी गराए  । 

salt training

कमेन्ट गर्नुहोस्