०२ असार २०८३, मंगलबार

राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक

फागुन २१, २०७४
राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक

काठमाडौँ, २१ फागुन - निर्वाचन आयोगले यही फागुन २९ गते हुने राष्ट्रपति निर्वाचनका लागि आज मतदाता नामावली सार्वजनिक गरेको छ । 

आयोगले आज साँझ आफ्नो वेबसाइटमार्फत सो नामावली सार्वजनिक गरेको हो । संविधानअनुसार संघीय संसद् र प्रदेशसभाका सदस्य रहेको निर्वाचकमण्डलले राष्ट्रपति निर्वाचनमा मतदान गर्नेछ । संघीय संसद्का २७५, राष्ट्रियसभाका ५९ र प्रदेशसभाका ५५० प्रदेशसभा सदस्यले निर्वाचनमा भाग लिनेछन् । 

आयोगले राष्ट्रपतिका लागि यही फागुन २३ गते उम्मेदवारी मनोनयनको कार्यतालिका यसअघि नै सार्वजनिक गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्