२२ जेठ २०८३, शुक्रबार

अस्पतालको तेस्रो तलबाट हाम फाल्दा मृत्यु, रक्सी सेवनबाट बिरामी परेका थिए

फागुन २२, २०७४
अस्पतालको तेस्रो तलबाट हाम फाल्दा मृत्यु, रक्सी सेवनबाट बिरामी परेका थिए

काठमाडौँ, २२ फागुन-  अस्पतालको तेस्रो तलबाट हाम फाल्दा एकजना बिरामीको ज्यान गएको छ । भरतपुर–२४ का ५२ वर्षीय धनराज सुब्बा आइतबार अस्पतालको तेस्रो तलामा रहेको शौचालयको झ्यालबाट हाम फालेका थिए ।

भरतपुर अस्पतालका अनुसार रक्सी सेवनबाट बिरामी परेका उनी शुक्रबार भर्ना भएका हुन् । चितवन जिल्ला प्रहरीकार्यालयका प्रवक्ता प्रहरीनायब उपरीक्षक (डीएसपी) प्रभुप्रसाद ढकालले मेडिकल वार्डमा रहेका बिरामी तीन तलामाथिको झ्यालबाट हाम फालेका कारण बचाउन नसकिएको बताए ।

अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार बिरामीको साथमा उनकैश्रीमती बसेकी थिइन् । बिरामी शौचालय छिर्दा उनले बाहिर बसेर कुरेकी थिइन् ।

परिवारले मृतकको शव सोमबार बिहान बुझेर अन्तिम संस्कार गरेको छ, कान्तिपुरमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्