२२ जेठ २०८३, शुक्रबार

डा. गोविन्द केसीविरुद्ध अख्तियारमा उजुरी

फागुन २२, २०७४
डा. गोविन्द केसीविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं, २२ फागनु– शैक्षिक प्रमाणपत्र र सेवा आवेदनमा फरक जन्ममिति प्रयोग गरी सरकारी लाभको पदमा बसेको भन्दै डा. गोविन्द केसीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । 

युवा संघ नेपालको केन्द्रीय विभागका सचिव विपिन ढकालले डा. केसीविरुद्ध अख्तियारमा उजुरी दर्ता गराएका हुन् । 

सो उजुरीमा ढकालले डा. केसीविरुद्ध कारबाही प्रक्रिया अघि बढाउन पनि माग गरेका छन् । अख्तियार स्रोतले पनि उजुरीमा माग गरिए अनुसार छानबिन प्रक्रिया अघि बढाइसकेको जनाएको छ, नयाँ पत्रिकामा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्