२० असार २०८३, शनिबार

मौसमी फ्लुबाट कसरी बच्ने ?

फागुन २२, २०७४
मौसमी फ्लुबाट कसरी बच्ने ?
सन्दर्भ तस्वीर

काठमाडौं, २२ फागुन– जाडोलाई बिदाइ गरेर गर्मीलाई स्वागत गर्दै छौं । यसरी परिर्वतन हुने मौसमसँगै मौसमी फ्लुका कीटाणु पनि सक्रिय हुन्छन् । 

फ्लु श्वासप्रश्वासका माध्यमबाट सर्ने गर्छ । त्यसैले यस्तो बेला सावधानी अपनाउन जरुरी हुन्छ । फ्लुका कारण ज्वरो आउने, श्वास फेर्न गाह्रो हुने, दिसा पातलो जाने, बच्चामा पखाला चल्नेजस्ता समस्या सिर्जना हुन्छ । 

धुँवाधुलोबाट पनि फ्लुको संक्रमण हुनसक्छ । त्यसैले यस्ता सावधानी अपनाउन जरुरी छ । 

-फ्लुबाट बच्ने सजिलो तरिका भनेको फ्लु संक्रमित क्षेत्रमा प्रवेश नगर्नु हो । यदि संक्रमितसँग बस्नैपरे पाँच मिटरको दूरी कायम गर्न जरुरी छ । 

-संक्रमित व्यक्तिसँग हात मिलाउँदा पनि फ्लु सर्न सक्छ । यस्तो समय टाढैबाट अभिवादन गर्नु बढी फाइदाजनक हुन्छ ।

-संक्रमित भएमा पनि बाहिर हिँडडुल कम गर्नुपर्छ । 

-बाहिर गएर फर्केपछि साबुन पानीले राम्रोसँग हात धुनुपर्छ । बाहिरबाट घर आएपछि हातखुट्टा राम्रोसँग सफा गरेमा रोग लाग्ने सम्भावना ८० प्रतिशतले कमी हुने विभिन्न अध्ययनले देखाएका छन् ।
नयाँ पत्रिकाबाट 
 

salt training

कमेन्ट गर्नुहोस्