२१ जेठ २०८३, बिहीबार

भारतीय गाडीमा लुकाएर नेपाल ल्याउँदै गरेको ४५ लाख रुपैयाँ विराटनगरबाट बरामद

फागुन २२, २०७४
भारतीय गाडीमा लुकाएर नेपाल ल्याउँदै गरेको ४५ लाख रुपैयाँ विराटनगरबाट बरामद

विराटनगर, २२ फागुन-भारतीय नम्बर प्लेटको गाडीमा लुकाएर नेपालतर्फ ल्याउँदै गरेको ४५ लाख नेपाली रुपैयाँ विराटनगरबाट प्रहरीले बरामद गरेको छ ।

भारतको जोगबनी नेपालतर्फ आउँदै गरेको बीआर ११ एए ६२६५ नम्बरको कारको सिटमुनि लुकाइराखेको अवस्थामा ४५ लाख नेपाली रुपैयाँसहित चालक भारत अररिया फारबीसगञ्ज- १ का ४५ वर्षीय नारायण शाहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिएको रकममा एक हजार, पाँच सय र एक सय दरका नेपाली नोट छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्