०३ असार २०८३, बुधबार

एक साताअघि मृत्यु भएकी महिलाको शव बल्ल बुझियो

कात्तिक २०, २०७४
एक साताअघि मृत्यु भएकी महिलाको शव बल्ल बुझियो

चितवन, २६ मङ्सिर - एक साताअघि उपचारका क्रममा मृत्यु भएकी एक महिलाको शव परिवारले आज मात्रै बुझेका छन् ।dead

चितवन मेडिकल कलेजमा गत सोमबार प्रसूतिका लागि भर्ना भएकी भरतपुर उपमहानगरपालिका–७ कृष्णपुरकी २५ वर्षीया सुनिता गुरुङको उपचारका क्रममा मृत्यु भएको थियो । मृत्युपछि परिवार तथा आफन्तहरु चिकित्सकको लापरवाहीका कारण मृत्यु भएको भन्दै आन्दोलित भएका थिए ।

स्थानीय प्रशासनले घटनाको सत्यतथ्य छानबिनका लागि सहायक प्रमुख जिल्ला अधिकारी रामराज सुवेदीको संयोजकत्वमा आज छानबिन समिति गठन गरेपछि परिवारजनले शव बुझेका हुन् ।

समितिमा राष्ट्रिय अनुसन्धान विभागका उप अनुसन्धान निर्देशक अच्युत पन्त, भरतपुर अस्पतालको प्रसूति रोग विभाग प्रमुख डा सुनिलमणि पोखरेल, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख विजयकिशोर झा र प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठ रहेका छन् ।

समितिले सात दिनभित्र प्रतिवेदन बुझाउने संयोजक सुवेदीले बताउनुभयो । परिवारको तर्फबाट वार्ता समितिमा रहनुभएका स्थानीय कान्तिनगर टोल विकास संस्थाका कावा अध्यक्ष केशव कार्कीले घटनाको सत्यतथ्य सार्वजनिक हुने आश्वासनसहित समिति बनेपछि शव बुझ्न परिवार राजी भएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्