२५ असार २०८३, बिहीबार

सभामुखको उम्मेदवारी मनोनयन आज, दलहरु आन्तरिक छलफलमा

फागुन २५, २०७४
सभामुखको उम्मेदवारी मनोनयन आज, दलहरु आन्तरिक छलफलमा

काठमाडौं, २५ फागुन– माओवादीले नेता कृष्णबहादुर महरालाई सभामुखको उम्मेदवार बनाउने अनौपचारिक सहमति गरेको छ । पार्टी अध्यक्ष प्रचण्डनिवास खुमलटारमा बिहीबार बिहान शीर्ष नेताहरूको छलफलले महराको नाममा सहमति गरेको हो । 

औपचारिक घोषणा शुक्रबार मनोनयन दर्ताअघि गरिने नेता शक्तिबहादुर बस्नेतले बताए । ‘सभामुखमा कृष्णबहादुर महराकै उम्मेदवारी हुने निश्चितजस्तै छ,’ बस्नेतले भने, ‘भोलि (शुक्रबार) मनोनयन दर्ताअघि बस्ने पूर्वहेडक्वार्टर सदस्यहरूको बैठकले औपचारिक निर्णय गर्नेछ ।’

सुरुदेखि नै सभामुखमा महरा चर्चामा रहे पनि विभिन्न नेता आकांक्षी देखिएपछि माओवादी समस्यामा परेको थियो । तर, अन्तिममा महराकै नाममा सहमति जुटेको छ ।

ओली अझै नेम्वाङलाई बनाउने कसरतमा
सभामुख माओवादीको भागमा परेको भए पनि प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली पूर्वसभामुख सुवास नेम्वाङलाई यो पदमा लैजान निरन्तर पहल गरिरहेका छन् । नेम्वाङको पक्षमा सहमति जुटाउन उनले माओवादी अध्यक्ष प्रचण्डसँग पटक–पटक छलफल गरिसकेका छन् ।

बिहीबार अबेरसम्म पनि नेम्वाङलाई नै सभामुख बनाउन ओली तथा एमाले नेताहरू सक्रिय थिए । कानुनमा राम्रो दख्खल भएको, संविधान घोषणामा महत्वपूर्ण भूमिका खेलेको भन्दै अबको संसद्मा आउन सक्ने कानुनका विभिन्न झमेलाहरू पार लगाउन नेम्वाङ नै सक्षम रहेको एमाले नेताहरूको तर्क छ । तर, एमालेले राष्ट्रपति लिइसकेकाले सभामुख पनि छाड्न नसक्ने माओवादी नेताहरू बताउँछन् ।

सभामुखको उम्मेदवारी मनोनयन आज 
संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाका सभामुखको उम्मेदवारी मनोनयन मंगलबार दर्ता हुँदै छ । उम्मेदवारी मनोनयन दर्ताका लागि बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म समय तोकिएको छ । उम्मेदवारहरूको नाम दिउँसो साढे १ बजे सार्वजनिक गरिने बताइएको छ ।

भोलि अर्थात् २६ फागुनका लागि निर्वाचन मिति तय भइसकेको छ । संघीय संसद् सचिवालयले तयार पारेको कार्यतालिकालाई गत आइतबार बसेको सर्वदलीय बैठकले अनुमोदन गरेको थियो, नयाँ पत्रिकामा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्