२८ जेठ २०८३, बिहीबार

कैलाली पुगेर आर्थिक सहयोग गरिन् आरजुले

फागुन २५, २०७४
कैलाली पुगेर आर्थिक सहयोग गरिन् आरजुले

कैलाली, २५ फागुन– नेपाली काँग्रेसकी नेत्री डा आरजु देउवाले गत मंसिरमा डुबेर मृत्यु भएका धनगढी उपमहानगरपालिका–१३ का दुई जना बालकका परिवारलाई आज जनही रु पाँच लाख सहयोग गरेकी छन् । 

वडा नं १३ मा आयोजित कार्यक्रममा डा देउवाले मृतक तीन वर्षीय अमित रानाका बुवा लक्ष्मण र बालिका केशवी रानाका बुवा जोगराजलाई जनही रु पाँच लाख प्रदान गर्दै जनताको सुखदुःखमा आफूले जहिले पनि साथ दिने प्रतिबद्धता व्यक्त गरिन् । गत मंसिर ९ गते वडा नं १३ को कैलाली नालामा खेल्ने क्रममा ती दुवैको डुबेर मृत्यु भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्