११ असार २०८३, बिहीबार

विप्रेषणको ७० प्रतिशत रकम दैनिकी चलाउने काममा खर्च

फागुन २६, २०७४
विप्रेषणको ७० प्रतिशत रकम दैनिकी चलाउने काममा खर्च

काठमाडौँ, २६ फागुन- बढ्दो आयात मुलुकका लागि टाउको दुखाइको विषय बनेको छ। दैनिक उपभोग्य सामानको बढ्दो आयातले मुलुकको आर्थिक अवस्था दिनदिनै जीर्ण हुँदै गएको छ। यस्तो संस्कृतिको विकास गर्ने काममा विप्रेषणले सहयोगी भूमिका खेल्दै आएको छ, अन्नपूर्ण पोस्टमा खबर छ ।

राष्ट्र बैंकले गत वर्ष सार्वजनिक गरेको एक प्रतिवेदनले विप्रेषण आयातको २३.९ प्रतिशत घरखर्चमा जाने गरेको देखाएको छ। गत आवमा ६ खर्ब ९५ अर्ब रुपैयाँ विप्रेषण आयात भएको थियो। बैंककोे हिसाबलाई आधार मान्दा गत वर्ष एक खर्ब ९३ विप्रेषण घरायसी काममा प्रयोग भएको देखिन्छ।

अर्कोतर्फ ऋण तिर्नका लागि विप्रेषणको २५.३ प्रतिशत खर्च भएको देखिन्छ। अनुसन्धानले नेपाल आउने विप्रेषणको एक दशमलव एक प्रतिशत उत्पादनमूलक काममा र २८ प्रतिशत बचत हुने गरेको देखाएको छ। यसको अर्थ नेपाली कामदारले पठाएको विप्रेषणको ७० प्रतिशत रकम दैनिकी चलाउने काममा खर्च हुँदै आएको छ।

salt training

कमेन्ट गर्नुहोस्