
जाजरकोट, २६ फागुन– जाजरकोट जिल्ला अस्पताल विगत एक महिनादेखि एकजना डाक्टरको भरमा चल्दै आएको छ । विभिन्न रोगका विशेषज्ञ डाक्टरसहतिको सेवा प्रवाह गर्ने उद्देश्यले अस्पताललाई ५० शंकायमा विस्तार गरिएको छ ।
तर, अस्पतालमा एकजना मात्र डाक्टर हुँदा बिरामीले उपचार सेवा पाउन सकेका छैनन् ।
विभिन्न रोगमा विशेषज्ञ सेवा प्रदान गर्ने भनिए पनि अहिले अस्पतालमा सामान्य उपचारसमेत पाइन छाडेको जुनिचाँदे गाउँपालिका ४ का रेशमबहादुर खड्काले बताए, नयाँ पत्रिकामा खबर छ ।