२७ जेठ २०८३, बुधबार

प्रधानमन्त्री छोरालाई बुबा मोहनको सुझाव– खुसीमा नमात्तिनु, दुःखमा नआत्तिनु

फागुन २६, २०७४
प्रधानमन्त्री छोरालाई बुबा मोहनको सुझाव– खुसीमा नमात्तिनु, दुःखमा नआत्तिनु

काठमाडौं, २६ फागुन–  प्रधानमन्त्री केपी शर्मा ओलीका बुबा मोहन प्रसाद ओलीले छोरोको दोस्रो प्रधानमन्त्रीत्व कालमा देशले फड्को मार्ने बताएका छन् । 

शनिवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटिएका मोहनले छोरो दोस्रो पटक प्रधानमन्त्री भएकोमा आफू खुसी भएको बताए । 

आफूले छोरा(प्रधानमन्त्री ओली)लाई खुसीमा नमात्तिनु र दुखमा नमात्तिनु भन्दै सुझाव दिएको बताउँदै त्यसै अनुसार प्रधानमन्त्री केपी ओली अगाडि बढ्ने आशा बाबु मोहनले व्यक्त गरे । 

‘हिजो ऊ जेल पर्दा पनि दुःखी थिइन’ मोहनले भने,‘आज छोरो प्रधानमन्त्री हुँदा पनि गजक्क फुलेको छैन’

देश र जनताको लागि केही गर्छु भनेर छोरो लागेको भन्दै उनले प्रधानमन्त्रीको रुपमा केपीले इमान्दारीता पूर्वक काम गर्ने विश्वास व्यक्त गरे । 
 

salt training

कमेन्ट गर्नुहोस्