१३ असार २०८३, शनिबार

हचुवाको भरमा मृतक घोषणा, परिवार भन्छन्- 'मरेकै भए चिहान त होला नि' ?

फागुन २७, २०७४
हचुवाको भरमा मृतक घोषणा, परिवार भन्छन्- 'मरेकै भए चिहान त होला नि' ?

नेपालगञ्ज, २७ फगुन– १४ वर्षअघि माओवादीको आरोपमा प्रहरीले बेपत्ता पारेका आफ्ना पतिको खोजी गर्न सत्यनिरुपण तथा बेपत्ता छानबिन आयोगमा उजुरी दिएकी बाँकेको बैजनाथ गाउँपालिकाकी उषा दाहाल पतिको स्थितीबारे खबर पाउने आशामा थिइन् । 

घरमा बालबच्चाले छिट्टै बुबाको खबर पाउने आशा पालेर बसेका उषाको घरमा मंसिर ७ गते आयोगले पठाएको चिठीले होस ह्वास उडाइदियो । 

परिवारका सदस्यको खोजी गरी घर पठाउँछ भन्ने आशामा बसेका बेपत्ता दुर्गाप्रसाद दाहालको परिवारमा आयोगले बिना जानकारी अकस्मात् पठाएको चिठीले परिवारलाई छाँगाबाट खसेजस्तै बनायो । 
कुन ठाउँमा कसरी र के कारणले मृत्यु भयो भन्ने जानकारी बिनै आयोगबाट ‘द्वन्द्व लमा मृत्यु भएको’ भन्ने खबरले द्वन्द्वकालको पीडाले दुखिरहेको घाउमा पुनः नुनचुक छर्कने काम गर्यो । 

‘मैले राज्यलाई मेरा पतिको खबर सोध्न उजुरी गरेको थिँए’, दर्गाकी पत्नी उषाले भनिन् ‘तर कुनै तथ्य आधारबिनै मृत्यु भएको भन्ने चिठी हुलाक मार्फत पठायो । मरेकै भए चिहान त होला नि ? त्यो देखाउन सक्नु पर्यो होनइन भने केका आधारमा मृत्यु भएको चिठी पठायो।’ , अन्नपूर्ण पोस्टमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्