×

Nic Asia
Prabhu Bank

संसद्मार्फत् सबै समस्या समाधान गर्न प्रयास गर्छु- सभामुख महरा

फागुन २७, २०७४

NTC
Marvel
Premier Steels
IME BANK INNEWS

काठमाडौं, २७ फागुन-सभामुख कृष्णबहादुर महराले संसद्मार्फत सबै समस्या समाधान गर्न सफल भए देशलाई आर्थिक समृद्धि, सुशासन र अमनचयन कायम गर्न सफलता मिल्ने विश्वास व्यक्त गरेका छन् ।

yONNEX
Frooti
Appy

प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न राजनीतिक दलका नेता एवं सांसदबाट आफूलाई प्राप्त शुभकामनाको प्रत्युत्तरका क्रममा सभामुख महराले प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित गर्न सहयोग पुर्‍याउने सबैलाई धन्यवाद दिँदै संसद्लाई नै जनताको सर्वोच्च थलो बनाउन हरसम्भव प्रयास गरिने प्रतिबद्धता व्यक्त गरे ।


Advertisment
Mahindra Agni Group
RMC TANSEN
NIC ISLAND BOX

उनले आफूलाई सभामुखमा निर्वाचित गर्न सहयोग पुर्‍याउने प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत प्रतिनिधिसभाका सबै सदस्यलाई धन्यवाद दिए । उनले विभिन्न राजनीतिक आन्दोलनमा शहादत प्राप्त गर्ने, घाइते, अपांगता भएका व्यक्ति तथा बेपत्ता नागरिकको पनि स्मरण गरे ।


Advertisment
Lokantar App
Saurya island

त्यसअघि सभामुख महरालाई सफल कार्यकालको शुभकामना दिँदै नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले देशको आर्थिक, सामाजिक र सांस्कृतिक उन्नतिका लागि सबै राजनीतिक दलको महत्वपूर्ण भूमिका रहनुपर्नेमा जोड दिए ।

JYOTI
Vianet communication

उनले संविधान कार्यान्वयनमा नयाँ कानून चाहिने भएकाले त्यसमा सभामुख महराले नेतृत्वदायी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । पूर्वप्रधानमन्त्री खनालले भने, 'संसद्मा विभिन्न विचारधाराका दल रहेकाले सबसँग अन्तक्रिया गरी अगुवाइ गर्ने जिम्मेवारी सभामुखको काँधमा आएको छ ।'

बैठकमा नेपाली काँगेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपालमा द्वन्द्वको अन्त्य भई समृद्धिको यात्रा शुरु भएकाले प्रतिपक्षका तर्फबाट सकारात्मक भूमिमा निर्वाह गरिने प्रतिबद्धता व्यक्त गरे । उनले भने, 'महरा राजनीतिक रुपमा परिपक्वसमेत हुनुभएकाले उहाँले सबैलाई समेटेर लैजान सफल हुने अपेक्षा गर्दछु ।'

नेकपा (माओवादी केन्द्र)का वर्षमान पुनले तीन वटै तहले विधायिकी अधिकार प्रयोग गरेपछि नयाँ अवसरसँगै चुुनौती पनि सिर्जना भएकाले नवनिर्वाचित सभामुखले कुशलतापूर्वक भूमिका निर्वाह गरी सफलता प्राप्त गर्ने विश्वास व्यक्त गरे ।

राजपा नेपालका शरत्सिंह भण्डारीले सबै नेपाली जनताको साझा थलोका रुपमा प्रतिनिधिसभालाई स्थापित गर्न नवनिर्वाचित सभामुखले महत्वपूर्ण कार्यभार पूरा गर्ने विश्वास व्यक्त गर्दै संविधान कार्यान्वयनका विषयमा विभिन्न समुदायले उठाएका विषयवस्तुलाई संसद्मार्फत पूरा गर्न सभामुखलाई सुझाव दिए ।

संघीय समाजवादी फोरम नेपालका राजेन्द्र श्रेष्ठले संविधान निर्माणका क्रममा व्यक्त भएको असन्तुष्टि हालसम्म कायम रहेकाले त्यसलाई उचित रुपमा निरुपण गर्नुपर्ने बताउँदै राष्ट्रिय एकताको मुख्य आधार नै विविधतायुक्त संघीयता हो,' भने ।

राप्रपाका राजेन्द्र लिङ्देन, राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेल र नेपाल मजदूर किसान पार्टीका प्रेम सुवालले सरकारलाई संसद्प्रति जिम्मेवार बनाउन सभामुखको भूमिका महत्वपूर्ण हुने बताए । प्रतिनिधिसभाको अर्को बैठक आजै अपराह्न ३ बजे बस्नेछ ।

सो बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुहुने कार्यसूची संघीय संसद् सचिवालयले तयार गरेको छ ।

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
जेठ २०, २०८०

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा गैरजिम्मेवार र राष्ट्रहीतविपरीत अभिव्यक्ति दिएको ठहर गरेको छ ।  शनिवार बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकले...

जेठ २०, २०८०

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारबाट हटेपछि ‘समृद्ध नेपाल: सुखी नेपाली भन्ने आँट कसैले पनि गर्न नसकेको बताएका छन् । पार्टीको विज्ञान तथा प्रविधि विभागले शनिवार च्यासलस्थित पार्ट...

जेठ २०, २०८०

नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्व शिक्षामन्त्री गिरिराजमणि पोखरेलले भ्रष्टाचारविरुद्ध सशक्त अभियान सञ्चालन गर्नुपर्ने अवस्था रहेको बताएका छन् । विकास र समाजको लोकतान्त्रिकरणको प्रक्रियालाई अगाडि बढाउन भ्र...

जेठ १९, २०८०

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज शुक्रवार उज्जैनको महाकालेश्वर मन्दिरमा पूजाअर्चना गर्दैछन् । राजधानी नयाँदिल्लीबाट प्रधानमन्त्री प्रचण्ड इन्दोरतर्फ प्रस्थान गरिसकेका छन् । इन्द्रोर...

जेठ १९, २०८०

नेकपा (एकीकृत समाजवादी)ले आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । पार्टी गठनपछि आव २०७८/७९ को आम्दानी र खर्चको विवरण सार्वजनिक भएको हो । पार्टीले गत असार मसान्तसम्मको आम्दानी र खर्चको...

जेठ २१, २०८०

मधेस प्रदेशसभामा पेश गरिएको विनियोजन विधेयक, २०८० का सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु भएको छ ।  प्रदेशसभाको आजको बैठकमा अर्थमन्त्री सञ्जयकुमार यादवले विनियोजन विधेयक, २०८० का सिद्धान्त र प्राथमिकता...

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

जेठ १९, २०८०

यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो ।  भ...

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

जेठ १७, २०८०

बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्‍मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...

गणतन्त्रमा उल्टो नियति : दुब्ला जनता, मोटा नेता !

गणतन्त्रमा उल्टो नियति : दुब्ला जनता, मोटा नेता !

जेठ १५, २०८०

आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...

ad
x