१० साउन २०८३, आइतबार

आठवटा प्रधानमन्त्री बनाएको भन्दै प्रचण्डले भने, 'अब कतिवटा बनाएपछि गिनिजबुकमा लेखिएला ?'

फागुन २७, २०७४
आठवटा प्रधानमन्त्री बनाएको भन्दै प्रचण्डले भने, 'अब कतिवटा बनाएपछि गिनिजबुकमा लेखिएला ?'

काठमाडौं, २७ फागुन-नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रकियामा आएपछि आफूले १० मध्ये ८ वटा प्रधानमन्त्री बनाउन भूमिका खेलेको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको मत लिने प्रक्रियामा पार्टीको तर्फबाट ओलीको समर्थनमा धारणा राख्दै प्रचण्डले भने, 'शान्ति प्रक्रियामा आएपछि मैले १० मध्ये ८ वटा प्रधानमन्त्री बनाउन भूमिका खेलेँ, कतिपयलाई संसदमा ल्याउन प्रत्यक्ष भूमिका खेलेको पाएँ, कतिपयलाई सिधै प्रस्ताव गरेर, कतिपयलाई कुनै रूपले ।'

उनले जिज्ञासा राखे, 'भविष्यमा कतिवटा प्रधानमन्त्री बनाएपछि गिनिजबुकमा नाम लेखिन्छ होला ?'

salt training

कमेन्ट गर्नुहोस्