०८ असार २०८३, सोमबार

१२ फोटोमा हुर्नुहोस् बेमौसमी वर्षापछि काठमाडौंको अवस्था

फागुन २७, २०७४
१२ फोटोमा हुर्नुहोस् बेमौसमी वर्षापछि काठमाडौंको अवस्था

काठमाडौं, २७ फागुन– आइतवार दिउँसो काठमाडौं र आसपासको क्षेत्रमा वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार स्थानीय वायुको प्रभावका कारण काठमाडौं उपत्यकाका कतिपय स्थानमा भएको हो । 

मौसमविद् शान्ति कँडेलले स्थानीय वायुको प्रभावले बदली भइ उपत्यकाका केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षा भएको बताइन् । उनका अनुसार देशका पूर्वी, मध्य र पश्चिम पोखरापूर्वको भेगमा बदली तथा पोखरादेखि पश्चिम, सुदूरपश्चिम र तराई क्षेत्रमा मौसम सामान्य छ । 


मध्य र पूर्वी पहाडी क्षेत्रमा मेघ गर्जनसहित हल्का वर्षा हुने मौसमविद् कँडेलको भनाइ छ । पूर्वमनसुनको याम भएका कारण स्थानीय वायुको प्रभावले मेघ गर्जनसहित छोटो अवधिको वर्षात् गराउँछ । सामान्यतः ‘मार्च, अप्रिल र मे’ पूर्व मनसुनी याम मानिन्छ । तापक्रम पनि क्रमशः बढ्दै गएकाले मध्याह्नपछि बदली र वर्षा गराउने सम्भावना हुन्छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँको अधिकतम तापक्रम २६.६ र न्यूनतम तापक्रम १० डिग्री सेल्सियस छ ।

तस्बिरहरु : गगन अर्याल, शब्द : रासस

salt training

कमेन्ट गर्नुहोस्