
काठमाडौं, २७ फागुन- प्रधानमन्त्री केपी शर्मा ओलीले भोट हाल्न नपाए पनि देश बन्ने भन्दै ढुक्क भएर सुत्न कांग्रेस सांसदलाई सुझाव दिएका छन् ।
‘कतिपयलाई भोट हाल्न मन लागे पनि दलीय ह्विपले दिँदैन होला । यहाँबाट बाहिर गएपछि तपाइलाई ड्राइभरले सोध्लान् केपी ओलीलाई भोट दिनुभएन ? घरमा खाना बनाउनेले सोध्लान्, ओलीलाई भोट दिनुभएन ?’ उनले कांग्रेस सांसदहरूप्रति लक्षित गर्दै भने, ‘भोट दिन मिलेन भने पनि देश बन्छ, ढुक्क भएर सुत्नुहोला, धैरै चिन्ता नलिनु होला ।’
ओलीले आफूलाई भोट नदिने सांसदलाई किन भोट नदिएको भनेर अरुले नसोधे पनि उनीहरूको आफ्नै मनले भने सोध्ने जिकिर गरे ।