२५ जेठ २०८३, सोमबार

एमालेको सदस्य बन्न परीक्षा सुरु

कात्तिक २०, २०७४
एमालेको सदस्य बन्न परीक्षा सुरु


चितवन, २६ मङ्सिर - नेकपा (एमाले) चितवनले जिल्लास्तरमा पहिलोपटक पार्टी सदस्यता लिनका लागि परीक्षा सञ्चालन गरेको छ ।

चितवनको भरतपुरस्थित एमाले पार्टी कार्यालयमा आज आयोजित कार्यक्रममा एमालेका केन्द्रीय सदस्य कृष्ण खनालले परीक्षार्थीलाई प्रश्नपत्र दिएर परीक्षा सुरु गरेका हुन् । आज २०० जनाको परीक्षा लिइएको एमाले चितवनले जनाएको छ ।

सो क्रममा खनालले पार्टी सदस्यका लागि नेपालमै पहिलोपटक चितवनमा परीक्षा सुरु गरेको दाबी गर्दै परीक्षामा आज सामेल हुन नसकेकालाई क्षेत्र र इकाइमै परीक्षा दिने व्यवस्था गरिने बताए ।

आज तीन चरणमा हुने परीक्षाको पहिलो चरणमा १०० भन्दा बढी परीक्षार्थी सहभागी छन् । उनीहरुलाई १५ वटा वस्तुगत प्रश्न सोधिएको छ । ६० पूणाङ्कको परीक्षा उत्तीर्ण गर्न कम्तीमा २० नम्बर ल्याउनुपर्ने एमाले चितवनकी सचिव दिलकुमारी रावलले बताए ।

salt training

कमेन्ट गर्नुहोस्