
काठमाडौं २८ फागुन– युएस बंगला एयरको विमान दुर्घटनामा ३३ जना नेपाली परेपछि विमानस्थल बाहिर दुर्घटनामा परेका आफन्तको भीड लागेको छ ।
विमानमा ३३ जना नेपाली रहेको प्रहरीका डिआइजी बम बहादुर भण्डारीले जानकारी दिए । त्रिभुवन विमानस्थल बाहिर अहिले दुर्घटनामा परेका यात्रुका आफन्तको रुवाबासी चलेको छ ।

दुर्घटनामा परेका अधिकाशं नेपाली बंगलादेशमा मेडिकल बिषय पढ्ने बिद्यार्थी थिए । कतिपयले एमबीबीएस पढेर फर्केका थिए ।
सिनामंगलको केएमसी अस्पतालमा पनि आफन्तको रुवाबासी चलेको छ ।
-लोकान्तरकर्मी प्रशान्त ओझा, इश्वर अर्याल र रीता लम्साल विमानस्थलबाट