२१ असार २०८३, आइतबार

यूएस बंगलाको विमान दुर्घटना : सरकारद्वारा जाँचबुझ आयोग गठन

फागुन २८, २०७४
यूएस बंगलाको विमान दुर्घटना : सरकारद्वारा जाँचबुझ आयोग गठन

काठमाडौं, २८ फागुन–बंगलादेशको राजधानी ढाकाबाट ६७ जना यात्रु लिएर काठमाडौं आएको यूएस बंगलाको बम्बार्डियर जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको खबरले आफू स्तब्ध भएको प्रधानमन्त्री केपी शर्मा ओलीले एक विज्ञप्तिमार्फत जनाएका छन्  । 
सोमबार साँझ उनले जारी गरेको  शोध वक्तब्यमामार्फत ठूलो मानवीय क्षतिहुने गरी भएको अकल्पनीय तथा हृदयविदारक दुर्घटनामा ज्यान गुमाउने नेपाली र बंगलादेशीलगायत सबै यात्रुहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरिएको छ । 
 उनले शोकाकुल परिवारजनप्रति गहिरो समवेदना ब्यक्त गर्दै दुर्घटनामा घाइते भएका यात्रुहरुको शीध्र स्वास्थ्यलाभको कामना गरेका छन् । 

यस त्रासदीपूर्र्ण दुर्घटनाको सत्यतथ्य कारण पत्तालगाउन मन्त्रिपरिषद्को बैठकले जाँचबुझ आयोग गठन गरेको पनि प्रधानमन्त्रीले जानकराी दिएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्