२६ असार २०८३, शुक्रबार

विमान दुर्घटना : उद्धारमा ७०० सैनिक परिचालन

फागुन २८, २०७४
विमान दुर्घटना : उद्धारमा ७०० सैनिक परिचालन

काठमाडौँ, २८ फागुन - नेपाली सेनाले युएस बङ्लाको यात्रुवाहक विमान दुर्घटनापछि उद्धारका लागि करिब ७०० सैनिक टोली परिचालन गरेको जनाएको छ । 

बंगलादेशको ढाकाबाट चार चालक दलसहित ७१ यात्रु बोकी आएको उक्त विमान दिउँसो २ः२० बजे दुर्घटना भएको खबर प्राप्त हुनासाथ सैनिक हवाई महानिर्देशनालय,  नं १४ वाहिनी अड्डा,  कालीप्रसाद गण (ई), इओडी होल्डिङ युनिट तथा उपत्यका पृतना हेक्वा मातहतबाट सैनिक उद्धारमा खटाएको सैनिक जनसम्पर्क एवं सूचना निर्देशनालयले जनाएको छ । 

रक्षामन्त्री ईश्वर पोखरेल तथा प्रधानसेनापति राजेन्द्र क्षत्रीलगायत अन्य उच्च पदाधिकारी दुर्घटना स्थलमा पुगी उद्धार कार्यको निरीक्षण गर्नुका साथै उद्धार कार्यमा संलग्न सम्पूर्ण व्यक्तिलाई हरसम्भव उपायको अवलम्बन गरी उद्धार गर्न निर्देशनसमेत दिनुभएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्