×

NIC ASIA

कोटेश्वरको घर बेचेर एल्जिनालाई डाक्टर पढ्न पठाएका थिए बराल परिवारले

फागुन २९, २०७४

Prabhu Bank
NTC
Premier Steels

काठमाडौं २९ फागुन – सिन्धुली स्थायी घर भएका गणेश बराल र गंगा बरालले सुख– दुःख गरेर काठमाडौंको कोटेश्वरमा घर बनाएका थिए । कहिले जागिर कहिले व्यापार गरेर गणेशले कोटेश्वरमा घर बनाएका थिए । 

Muktinath Bank

छोरी एल्जिनाले एमबीबीएस पढ्न रहर गरेपछि उनीहरुले काठमाडौं कोटेश्वरको घर बेचे । एल्जिनाकी दिदी पनि बंगलादेशमै रहेकोले कान्छि छोरीलाई पनि एमबीबीएस पढ्न ढाका पठाए । तर सोमवार काठमाडौंमा भएको युएस बंगला विमान दुर्घटनामा बराल परिवारको खुसी मेटिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘छोरीलाई डाक्टर पढाउन भन्दै दिदीहरुले कोटेश्वरको घर बेच्नु भएको थियो’ त्रिवि शिक्षण अस्पतालमा शव बुझ्न आएकी एन्जिलाकी सानिआमा सुशीला भट्टराईले भावविह्वल हुँदै लोकान्तरसँग भनिन्, ‘दिदी भिनाजुको सपना चक्कानाचुर भयो ।’


Advertisment
Nabil box
Kumari

घर बेचेपछि एन्जिलाका बुवाआमा अहिले काठमाडौंको गौशालामा डेरा लिएर बस्छन् । जेठी छोरी एलिना पनि बंगलादेश मै छिन् । उनी एमबीबीएस सकेर प्राक्टिकल गर्दै छिन् ।

Vianet communication

‘एन्जिला साह्रै असल थिई, आखामा राखेपनि नबिझाउने’ सानीआमाले आशु पुच्छदै भनिन्, ‘बावुआमाको धेरै पैसा खर्च नहोस् भनेर सामान्य कपडा लगाउने, नक्कल पार्न नपर्ने ।’

आमा गंगा बराल राप्रपाकी कार्यकर्ता हुन् । स्थानीय चुनावमा उनी सिन्धुलीबाट चुनाव लडेकी थिइन् । ‘मेरी छोरीहरुसँग भाइवरमा कुरा हुन्थ्यो, नेपाल आउँदा पनि जति बेला पनि पढ्ने । पढ्न फुर्सद हुँदैन किन नक्कल पार्नु पर्र्यो भन्थिन्’ सुशीलाले भनिन् । 

सुशीलाका अनुसार सोमवार भएको विमान दुर्घटनामा एन्जिलाको व्याग र पासपोर्ट पनि डढेको छ । ‘घटना सुनेर दिदी बेहोस हुनु भयो’ सुशीलाले भनिन् । 

बराल परिवार छोरीको शव बुझ्नको लागि त्रिवि शिक्षण अस्पताल पुगेको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

बैशाख २९, २०८१

भनिन्छ– मरिसकेपछि पुगिने स्वर्ग कस्तो हुन्छ थाह छैन तर जिउँदै स्वर्ग हेर्न मन लागे रारा जानु । कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताललाई धर्तीको भूस्वर्गका रुपमा चित्रण गरिन्छ । राराको सुन्दरता, हावाप...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x